2026 April 24/ 01:38: 29pm

    बनेपा/रेयुकाई मासुनागा आँखा अस्पतालाई लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ ए–२ द्वारा मधुमेह रोगीहरूका लागि परिक्षण गरिने अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । 
    आँखा अस्पतालका अध्यक्ष मधु आचार्यलाई डिष्ट्रिक गर्भनर लायन केशब पाण्डेले एक कार्यक्रमका बिच उक्त उपकरणहरु हस्तान्तरण गर्नु भएको थियो । अध्यक्ष आचार्यले अस्पताललाई सहयोगीदाताहरुबाट नै सहयोगमा अस्पताल सञ्चालन गरिएको बताउनु भयो । काभ्रे तथा आसपासका जनतालाई सेवा प्रबाह गर्दै आएको र अत्याधुनिक उपकरण मार्फत सेवा प्रवाह गरिएको आचार्यले वताउनु भयो । कार्यक्रममा लायन केशब पाण्डेले आँखाका बिरामी सगै मधुमेहका बिरामीहरुलाई समेत उपचारका लागी सहज होस् भन्ने उदेश्यले २३ लाख बराबरको स्वास्थ्य सामान हस्तान्तरण गरेको बताउनु भयो । 
    कार्यक्रममा स्वागत मन्तब्य अस्पतालका महासचिव हिरामणी शर्माले राख्नु भएको थियो । कार्यक्रममा अस्पतालका संचालक, लायनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।