बनेपा/जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा भगवान धन्वन्तरीको प्राण प्रतिष्ठा एवं प्रयोगशालाको उद्घाटन बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरंसि बादेले गर्नु भएको छ ।
नगर प्रमुख वादेले हाम्रो सम्पति भनेकै स्वस्थ रहनु भएकाले सबैले धन्वन्तरीको सेवा गर्नुपर्ने बताउनु भयो । सबैले आयुर्वेद सम्बन्धी औषधी प्रयोग गरी दैनिक शारिरीक ब्यायाम गर्ने, स्वस्थ खाना खाजा खाने, दैनिक १ घण्टा आफ्नो स्वास्थ्यलाई समय दिन आग्रह गर्नु भएको थियो । पहिलो सम्पत्ति भनेकै स्वास्थ्य भएकाले सबैले सचेत रहनुपर्ने बादेले बताउनु भयो । कार्यक्रममा धन्वन्तरीको प्राणप्रतिष्ठा गरिएको र प्रयोगशाला सञ्चालनमा ल्याएको छ । आयुर्वेद कार्यालयका प्रमुख डा. अर्जुन उपाध्यायले कोरोनाका समयमा विरामीहरुको घर घरमै गएर सेवा दिएको र अब कार्यालयबाट प्रयोगशाला सहित थप सुविधा प्रदान गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनार, स्वास्य कार्यलयका प्रमुख डा. नरेन्द्रकुमार झा, डा. पुरुषोत्तमराज सेढाई, बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम आयुर्वेद अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्रकाशबहादुर कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन लेखा प्रमुख कृष्णप्रसाद पराजुलीले गर्नु भएको थियो ।









