2026 April 24/ 02:36: 10pm

    धुलिखेल/मानव कल्याण समाज सेवा घरका अभिभावक सेवालाई तन, मन र धनको त्रिवेणीबाट साथ र सहयोग गरिरहेका ब्यक्तिहरुले अक्षयकोषको शुरुवात गर्नु भएको छ । 
    स्थानीय कृष्णमणि कुईकेलले मानव कल्याण समाज सेवा घरको प्रभाबकारी र दिगो सेवाको लागि अक्षयकोषको शुभारम्भ गर्नु भएको छ । सेवा घरमा सम्पन्न भएको विषेश कार्यक्रमका बिच १ लाख ११ हजार १ सय ११ को चेक प्रदान अक्षय कोषको शुभारम्भ गर्नु भएको हो । सेवा घरमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका नगर प्रमुख आदरणीय लक्ष्मी नरसिंह बादे, बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, नेकपा एमाले वनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जित, बनेपा नगरपालिकाको कार्यपालिका सदस्य रजनी बैदार, समाजसेवी खाईबा लामा, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मानव कल्याण समाज सेवा घरलाई विभिन्न ढंगबाट सहयोग गर्ने बताउनु भयो । सोहि अवसरमा रत्नकुश रन्जितले मानव कल्याण समाज सेवा घरको अक्षय कोषको लागि ५१ हजार १ सय रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । सोहि अवसरमा मानव कल्याण समाज सेवा घरको अक्षयकोषको लागि रजनी बैदारले २ हजार, भैरब केसीले ५ हजार र ग्रोबिन लामाले २ हजार उपलब्ध गराउनु भएको थियो । 
    मानव कल्याण समाज सेवा घरको कार्य अत्यन्त मानवीय कार्य रहेको र कार्यको लागि सबै जनाले आफ्नो स्थानबाट साथ दिनुपर्ने बताउनु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले सडकमा मानव पुग्ने र पु¥याउने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भयो ।