धुलिखेल/अनेरास्ववियु धुलिखेल नगर कमिटीले धुलिखेलमा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । अखिलका विभिन्न कमिटीहरुले विभिन्न स्थानमा देउसी भैलो कार्यक्रम आयोजना गरेका छन् ।
अध्यक्ष प्रभुराम धितालको अध्यक्षतामा सम्पन्न देउसी भैलो कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो । देउसी भैलो कार्यक्रममा नगर भित्रका विद्यालयका विद्यार्थीहरु तथा अखिलका कमिटीका विद्यार्थीहरुले सक्रियता जनाएका थिए । सोहि कार्यक्रममा धुलिखेल नगर कमिटीका नेताहरु, विद्यार्थी तथा भातृ संगठनका नेताहरु, जनवर्गिय संगठनका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष एवं नगर कमिटी सचिव विष्णु धिताल, वडा अध्यक्ष पुस्पराज राउत, अखिल केन्द्रिय सदस्य हरिशचन्द्र घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सचिव सुवोध धिमालको संचालन र बरिष्ठ उपाध्यक्ष सुनिल हुमागाईको स्वागत मन्तब्य रहेको थियो । देउसी भैलोबाट ६१ हजार रुपैया संकलन भएको छ । उक्त रकम अखिलले गर्ने विभिन्न कार्यक्रमा खर्च गर्ने बताईएको छ ।









