2026 April 24/ 02:37: 11pm

शुभकामना आदान प्रदान र फुटसल
    बनेपा/काभ्रे उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा ब्यवसायी र पत्रकारहरु बीच फुटसल तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । महासंघका अध्यक्ष बद्रिराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा रहेको थियो । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सल्लाहकार भोजराज तिमल्सिना, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष इश्वरी ओझा, प्रेस चौतारीका केन्द्रिय उपमहासचिव हिरामान लामा, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षे लगायतले शुभकामना ब्यक्त गरेका थिए ।