२४ गते रोशीको अधिबेशन
बनेपा/नेकपा एमाले काभ्रेले १ सय ३५ वटै वडाका अधिबेशन सम्पन्न गरेको छ भने १२ वटा पालिकाको अधिबेशन पनि सम्पन्न गरेको छ । रोशी गाउँकमिटीको आगामी कार्तिक २४ गते आयोजना हुने एमाले काभ्रेले जानकारी दिएको छ ।
कार्तिक १५ गते सोमबार बेथान्चोक गाउँ कमिटीको अधिबेशनले कमलप्रसाद तिमल्सिनाको अध्यक्षतामा सर्वसम्वत कमिटी गठन गरेको छ भने खानिखोला गाउँ कमिटीले डम्वरप्रसाद तिमल्सिनाको अध्यक्षतामा कमिटी गठन भएको छ । नमोबुद्ध नगरपालिकामा भने अध्यक्ष पदका लागि भएको निर्वाचनले कृष्णप्रसाद खनालको अध्यक्षतामा कमिटी गठन गरेको थियो । १२ वटा मध्ये नमोबुद्ध नगरपालिकामा बाहेक अन्यत्र निर्वाचन भएन । आगामी महाधिबेशनका लागि देशभर एकै दिन कार्तिक २७ गते महाधिबेशन प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ । एमाले काभ्रेको सोमबार बसेको जिल्ला कमिटी बैठकले अधिबेशन सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने विभिन्न ब्यक्ति तथा संघ संस्थालाई धन्यवाद ब्यक्त गरेको छ । निर्वाचित कमिटीलाई प्रशिक्षण तथा संगठनात्मक रुपले संचालन गर्न छिट्टै प्रशिक्षण तथा अन्य कार्यक्रमहरु आयोजना गर्ने अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनु भयो ।









