2026 April 24/ 12:42: 43pm

मुद्दाका फरार पक्राउ
     धुलिखेल/जर्बजस्ति करणी मुद्दाका फरार अपराधी ८ वर्ष पछि पक्राउ परेका छन् । २०७० भदौ २६ गते उच्च अदालत पाटनले १० वर्ष कैद सजायँ तोक्ने फैसला सुनाएको थियो । साविक चलाल गणेशस्थान गाविस ५ घर भएका ४२ बर्षिय रामहरी महतले जर्बजस्ति करणी गरेका थिए । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेले फैसला कार्यान्वयनको सिलसिलामा धुलिखेल नगरपालिका वडा नम्वर ७ बाट फेला पारी तत्काल कानुन बमोजिम पक्राउ गरी कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि पठाएको छ ।