धुलिखेल/फैसला कार्यन्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतहरुमा फरार रहेका प्रतिवादीको खोजतलास गर्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालयले सातामा चार जनालाई पक्राउ गरेको छ ।
पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपलिका वडा नम्वर ३ घर भएका वर्ष ३२ को रामकुमार भुजेल र रोशी गाउँपालिका वडा नम्वर ५ का २२ बर्षिय अजय लामा पक्राउ परेका छन् । भुजेललाई सवारी ऐन अन्र्तगत सवारी ज्यान सम्वन्धी मुद्दामा २०७० पुष ६ गते फैसला सुनाईएको थियो । भुजेललाई २ वर्ष कैद र २ हजार जरिवाना गरिएको थियो । जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७८ कार्तिक ७ गते भुजेललाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो ।
त्यस्तै रोशी घर भएका अजय लामा हातहतियार तथा खरखजाना मुद्दामा २०७४ असोज २३ गते भएको उच्च अदालत पाटनको फैसलामा ६० हजार जरिवना तोक्ने फैसलाबाट फरार थिए । प्रहरीले उनलाई कार्तिक ९ गते पक्राउ गरेको थियो ।









