2026 April 24/ 12:42: 42pm

धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा आयोजित कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडा नेतृत्वको टोली र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको प्रमुख प्रहरी निरीक्षक संजिता श्रेष्ठको टोली बीच भेटघाट र अन्र्तक्रिया सम्पन्न भएको छ । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरु र यस कार्यालय तथा मातहत समेतमा कार्यरत महिला प्रहरी कर्मचारीहरु र सिनियर प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितीमा महिला बालबालिका बिरुद्ध हुने घटनाहरुः आत्महत्या, घरेलु हिंसा, महिला हिंसा जन्य घटना न्यूनिकरण सम्बन्धी छलफल भएको थियो । उक्त कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको प्रमुख प्रहरी निरीक्षक संजिता श्रेष्ठले समग्र काभ्रेपलाञ्चोक जिल्लामा महिला बालबालिका बिरुद्ध घटेका घटनाहरु आत्महत्या, घरेलु हिंसा, महिला हिंसा, यौनजन्य अपराध लगायतका घटनाहरुसंग सम्बन्धित बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने उल्लेखित किसिमका घटनाहरु अनुसन्धान, पीडितलाई न्याय र त्यस्ता प्रकारका घटनाहरु न्यूनिकरण गर्न सरोकारवाला पक्षले गर्नु पर्ने काम कारवाहीहरुको बारेमा छलफल तथा अन्तरकृया भएको थियो ।