श्रीखण्डपुर/सनलाईट बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारण सभा संस्थाका सल्लाहकार तथा धुलिखेल नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गंगा सागर रञ्जीतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी रञ्जितकारले सहकारीहरुले संख्या भन्दा पनि गुणत्मक र सदस्यमुखी हुनुपर्ने बताउनु भयो । सदस्यहरुलाई ऋण तथा बचतको कारोबार मात्र नगरी आयमूलक, शिपमुलक क्षेत्रमा लगानी गरि सदस्यहरुलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयो । सहकारी र वडा कार्यालयको समन्वयमा सदस्यहरुलाई विभिन्न तालिमहरु प्रदान गर्न सकिने रञ्जितकारले बताउनु भयो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिबेदन सचिव सुरेन्द्र सुद्धाकारले आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ तथा लेखा तथा सुपरिबेक्षण समितिको प्रतिवेदन संयोजक हसना राजवंशीले सभामा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष पूर्ण सागर रञ्जीतकारको सभापतित्वमा सम्पन्न भएको थियो ।









