2026 April 24/ 12:00: 40pm

बनेपा/धनेश्वरी बहुदेश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बद्री प्रसाद पलाञ्चोकेको अध्यक्षतामा सम्पन्न भएको छ । 
सभाका अध्यक्ष पलाञ्चोकेले कोरोना भाईरसका कारण साधारण सभालाई सामान्य ढंगले गर्नु परेको बताउनु भयो । कोरोनाको जोखिम कायमै रहेकाले सदस्यहरुलाई कार्यालयमै स्वास्थ्य मापदण्ड पालना गर्दै उपस्थिति गराईएको बताउनु भयो । संस्थाले सदस्यहरुलाई कोभिडले गरेको असरलाई विशेष सहुलियत र सुविधा प्रदान गरेको बताउनु भयो । 
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७/०७८ का वार्षिक प्रतिबेदन सचिब श्याम कुमार भालु श्रेष्ठ, आर्थिक प्रतिवेदन कोषाध्यक्ष उमेश रत्न शाक्य र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिवेदन संयोजक सुरेश भक्त भोछिभोयाले सभामा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाको कुल कारोबार रु. १५ करोड रहेको जानकारी गराईएको थियो ।