2026 April 24/ 12:00: 46pm

पनौती नगर पालिका कार्यालयको सभा हलमा कार्तिक गते स्थानिय स्काउट इकाई द्वारा स्काउट संरक्षक नगर प्रमुख भिम नेउपाने ,प्रमुख स्काउट नगर उप प्रमुख गीता बन्जारा तथा नगर शिक्षा प्रमुखलाई दिक्षान्त  गरेको छ। नेपाल स्काउट बागमती प्रदेसका संयोजक केशरत्न बज्राचार्यको प्रमुख आतिथ्यतामा ,स्थानीय स्काउट संयोजक मिलन श्रेष्ठको सभापतित्वमा रजन श्रेष्ठले एक कार्यक्रमका बीच दिक्षान्त तथा सपथ ग्रहण गराइएको थियो। समारोहमा नेपाल स्काउट बागमती प्रदेसका सदस्यहरु, भक्तपुर स्काउटका सदस्यहरु ,नगरपालिका कार्यालयका बरिस्ठ   प्रसासकिय अधिकृत,शिक्षा शाखाका स्रोत व्यक्ति ,प्याब्सन काभ्रेका अध्यक्ष ,विभिन्न बिद्यालयका प्रध्यानापकहरु स्थानीय स्काउटका सदस्यहरु सहितको उपस्थीति  रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि बज्राचार्यले नेपालमा स्काउट स्थानीय स्तरमा स्काउटको महत्वोको बारेमा चर्चा गर्नु भयको थियो  भने नगर प्रमुख भिम नेउपानेले स्थानीय  स्काउटको जिम्मा नगरले लिने नागर समितिको सक्रियतामा बिबिध खालको क्रियाकलाप गर्न पछी नपर्ने बचन बद्दता गर्नु भयो। त्यसैगरी सभापति मिलन श्रेष्ठले नेपाल स्काउट लाइ एक विद्यालय एक इकाई एक घर एक स्काउट भन्ने नेपाल स्काउटको नारालाई पनौतीमा संचालन गर्ने प्रतिबद्दता सहित सभा बिसर्जन गर्नु भयको थियो।