पनौती/सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, टौखालको २७ औं वार्षिक साधारण सभा संस्थाको मुख्य कार्यालय पनौती ४, टौखालमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका उपनिर्देशक लक्ष्मी नारायण ताम्राकारले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा संस्थाको नयाँ सेवा त्तच् भुक्तानी सेवाको शुभारम्भ गर्नु भएको थियो । प्रमुख अतिथी ताम्राकारले उदेश्य अनुरुप संस्थाले डीजिटाईजेशन तर्फ सदस्यहरुलाई उन्मुख गराउदै लगेकोमा खुसी व्यक्त गर्दे संस्थालाई विभिन्न सुझावहरु राख्नु भएको थियो । कार्यक्रममा जिल्ला बचत सघंका प्रथम उपाध्यक्ष ईन्द्र प्रसाद अधिकारी, नेफस्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, संस्थाका प्रमुख सल्लाहाकार एवं जिल्ला सहकारी संघ काभ्रेका लेखा संयोजक शम्भुलाल श्रेष्ठ लगाएतका ब्यक्तीहरुले संस्थाले राष्ट्रीय तथा अन्र्तराष्ट्रिय स्तरमा आफ्नो छुट्टै सफल पहिचान वनाउन सफल यस संस्थाले सदस्यहरुको विश्वास जित्न सकेकाले नै यो उपलव्धि हासील गरेको हुँदा सेवा प्रवाहमा गुणस्तरियता कायम राख्नका लागि संस्था सदैव चनाखो हुनुपर्ने वताउनु भएको थियो । संस्थाका अध्यक्ष एवं सभाका सभाध्यक्ष प्रकाश बन्जाराले सहकारीले ऐन, नीति, नियमको अधिनमा रही सदस्यलाई सेवा सुविधा प्रदान गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धताका साथ १८ प्रतिशत शेयर लाभांशको प्रस्ताव पारित गराउँदै आगामी दिनमा थप प्रतिस्पर्धी र गुणस्तरिय सेवा उपलब्ध गराउने बताउनु भयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले स्वाग मन्तब्य राख्नु भएको थियो भने सचिव मुकुन्द शर्माले वार्षिक प्रतिबेदन र कोषाध्यक्ष प्रताप ताम्राकारले आर्थिक र लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिनाले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिवेदन प्रस्तुत गर्नु सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाका प्रमुख कार्यकारी प्रमुख मदन बस्नेतले संस्थाले डिजिटलाई जेशनमा अर्को फड्को मार्दै आफ्ना सदस्यहरुलार्य त्तच् भुक्तानी सेवाको शुभारम्भ सहित साधारण सभा सम्पन्न गरेको बताउनु भयो । संस्था २०५१ साल माघ १४ गते स्थापना भई समुदायमा आधारित सदस्य केन्द्रीत वित्तीय तथा गैर वित्तीय क्रियाकलापहरु संचालन गर्दै आएको सहकारी संस्थाले काभ्रेपलान्चोक जिल्ला र काठमाण्डौ उपत्यका सहित चार जिल्ला कार्यक्षेत्र विस्तार गरी १४ वटा सेवाकेन्द्र सहित सेवा प्रदान गरिरहेको बताउनु भयो । संस्थाको ३ अर्ब ३ करोडको पूँजि र ३१ हजार २ सय ६३ जना शेयर सदस्य रहेको जनाएको थियो ।
साधारण सभाकै अवसरमा संस्थाले प्रिमियर डेन्टल क्लिनिकको प्राविधि सहयोगमा २०७८ असोज १६ र १७ गते निः शुल्क दन्त शिविर कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा १५२ जना ब्यक्तिहरुले सहभागी भई स्वास्थ्य उपचार लिएको जनाएको छ ।









