बनेपा/बनेपा बचत तथा ऋण सहकारी संस्था लि. को २२ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष अमन पोेटे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभामा बनेपा नगरपालिका बरिष्ठ राजश्व अधिकृत एवं सहकारी बिभाग प्रमुख ध्रुवराज नेपाल, काभ्रे पलाञ्चोक जिल्ला बचत संघका द्धितीय उपाध्यक्ष तिर्थमाया प्रधान लगायतका ब्यक्तिहरुले सहकारीको मर्म, उद्देश्य संचालन गर्नुपर्ने र सहकारीमा महिला सशक्तिरण हुनुपर्ने र सबै सहकारीहरुलाई कानुनी दायरामा ल्याउनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष अमन पोटे श्रेष्ठले संस्थाले सामाजिक, आर्थिक र सामाजिक दायित्व निर्वाह गर्द आएको बताउनु भयो । सहकारीले सदस्यहरुलाई कोरोनाका कारण समस्या परेकाले विशेष सेवा सुविधा प्रदान गरेको बताउनु भयो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिव जितेन्द्र नकर्मीले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुबिन मानन्धरले प्रस्तुत गर्नु भएको थियो । सभाले आ.व.०७८/०७९ को लागि ६४ करोड बरावरको बजेट पारित गरेको थियो । कार्यक्रम संस्थाका सह–प्रबन्धक रविना प्रधानले सञ्चालन गर्नु भएको थियो ।









