2026 April 24/ 10:21: 59am

पाँचखाल/अखिल नेपाल महिला संघ पाँचखाल नगर कमिटीको सम्मेलन सम्पन्न सम्पन्न भएको छ । 
सम्मेलनबाट सरस्वती दाहाल अधिकारीको अध्यक्षतामा अनेम संघ पाँचखाल नगरकमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा कमला श्रेष्ठ, सचिव सम्झना मिजार, सह–सचिव विमला तिमल्सिना र रोजिना तामाङ, कोषाध्यक्ष ममता दनुवार सदस्यहरुमा सरस्वती पराजुली, फुलमाया ठकुरी, लक्ष्मी बजागाई, एसोदा सापकोटा लगायत ५१ जना सदस्य रहेका छन् । सम्मेलनको उद्घाटन पूर्व मन्त्री नेकपा एमाले केन्द्रिय सदस्य एवं काभ्रे जिल्ला ईन्चार्ज गोकुल बास्कोटाले गर्नु भएको थियो । 
बास्कोटाले नेकपा एमालेले मात्र सम्पूर्ण वर्गको रक्षा गर्ने बताउनु भयो । एमाले सरकारमा रहेका समयमा पाँखालको विकासमा फड्को मारेको बताउनु भयो । पाँचखालमा विश्वविद्यालय, खानेपानी आयोजना लगायतका महत्वपूर्ण विकासका योजना शुरु भएको बताउनु भयो । कार्यक्रममा बागमती प्रदेश सांसद् गोमा भुर्तेल, नेकपा एमाले बागमती प्रदेश सदस्य अम्बु भवानी कार्की, जिल्ला समन्वय समिति उपप्रमुख मन्जु गौतम, धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्मा, महिला नेतृ शुभद्रा अधिकारी र भक्तकुमारी लामा लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।