2026 April 24/ 10:49: 28am

मुनाफा १ करोड २९ लाख 
बनेपा/युवा बचत तथा ऋण सहकारी संस्था लि.को २३ औ वार्षिक साधारण सभा तथा २५ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । 
कार्यक्रम संस्थाका अध्यक्ष उदयराम कायस्थको सभापतित्व तथा बनेपा नगरपालिकाका वरिष्ठ राजस्व अधिकृत ध्रुवराज नेपाल प्रमुख आतिथ्यितामा सम्पन्न भएको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि ध्रुवराज नेपालले युवा साकोसले सहकारी ऐन, नियमको पूर्ण पालना गरी आफ्ना सदस्यहरूको सेवा गरिरहेको प्रतिवेदनबाट प्रष्ट हुने बताउनुभयो । नेपालले कथाको माध्यमबाट सहकारीले पारदर्शितामा विशेष ध्यान दिनुपर्ने र विपत्को साथी बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थाको २५ औँ स्थापना दिवसको अवसरमा निर्मित संस्था सम्बन्धी वृत्तचित्र  प्रस्तुत गरिएको थियो । उक्त अवसरमा संस्थाले उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणी लगायतलाई सम्मान गरेको थियो । संस्थाका अध्यक्ष उदयराम कायस्थ युवा बचत तथा ऋण सहकारी संस्था लि. र स्याउरिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि. बीच एकीकरणका लागि संयुक्त साधारण सभा गरिएको बताउनु भयो । काभ्रे जिल्लाको तेमाल गाँउपालिका तथा रोशीगाउपालिका कार्य क्षेत्र रहेको स्याउरिदेवी बहुउद्देश्यीय सहकारी संस्था र काभ्रे जिल्लाभरि कार्यक्षेत्र रहेको युवा साकोस बीचएकीकरण कार्य सम्पन्न गरेको थियो । 
कार्यक्रममा संस्थाका सचिव सरोज कुमार तिमल्सेनाले दुवै संस्थाका सदस्यहरूलाई अझ धेरै सुविधा दिलाउनका लागि एकीकरण गर्न लागिएको बताउनुभयो । त्यसैगरी स्याउरिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष यज्ञप्रसाद पन्तले संस्था एकिकरणले दुवै संस्थालाई अझ मजबुत बनाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो । 
संस्थाको आर्थिक वर्ष २०७७÷०७८ मा कुल शेयर पूँजी ४ करोड ७५ लाख, कुल कारोबार ४२ करोड, ऋण लगानी ३२ करोड १५ लाख बचत ३१ करोड ४१ लाख  र विविध कोष ४ करोड  ३१ लाख रहेको छ भने सदस्य संस्खा ७ हजार ६ तथा संस्थाको मुनाफा १ करोड २९ लाख रहेको संथाका कोषाध्यक्ष रामशरण राउतले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको लेखा तथा सुपरिबेक्षण समितिका संयोजक विकास पन्तले लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाको कार्यक्षेत्र जिल्लाभर रहेको, कोभिडका समयमा सदस्यहरुलाई विशेष छुट प्रदान गरेको, वार्षिक कार्यक्रममा समाजिक उतरदायत्व अन्र्तगत सामाजिक कार्य गर्दै आएको प्रबन्धक निश्चल सापकोटाले बताउनु भयो ।