बनेपा/स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कृष्णलाल श्रेष्को अध्यक्षतामा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष श्रेष्ठले कोभिड १९ का कारण ठुलो कार्यक्रम गर्न नसकिएको र सदस्यहरुलाई कार्यालयमा उपस्थितिको ब्यबस्था मिलाएको बताउनु भयो । संस्थाले सदस्यहरुलाई कोभिड १९ का करणले समस्यामा परेकाहरुलाई विशेष सुविधा समेत प्रदान गरेको श्रेष्ठले बताउनु भयो ।
संस्थाको आर्थिक वर्ष २०७७/०७८ को कुल शेयर पुजीं २ करोड २० लाख ६० हजार, बचत १३ करोड ६३ लाख, कर्जा १० करोड ६६ लाख ११ हजार रहेको जनाएको छ । संस्थाले यहि आर्थिक बर्षबाट भकुण्डे नगरपालिका र मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेशीमा सम्पर्क कार्यालय रहेको प्रवन्धक रोहिष कायस्थले बताउनु भयो ।









