2026 April 24/ 10:48: 29am

बनेपा/युुएम बचत तथा ऋण सहकारी संस्था लि.को १० आंै वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
सभाबाट रामशरण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा रमा देवी श्रेष्ठ, सचिव मन्जेस तौजले कोषाध्यक्ष राजाराम तौजले सदस्यहरुमा रुसन श्रेष्ठ, समिर श्रेष्ठ, राजन श्रेष्ठ रहनु भएको छ भने लेखा तथा सुपरिबेक्षण समितिको संयोजक लक्ष्मी नारायण श्रेष्ठ, सदस्यमा विक्रम मानन्धर र रुसा श्रेष्ठ रहनु भएको छ । संस्थाको १० औं वार्षिक साधारण सभा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमखु अतिथी खड्काले सहकारीहरुले सदस्यहरुलाई सेवा सुविधा दिनमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गर्नु भएको थियो । नगरले सहकारी ऐन जारी गरेकाले सहकारीहरु सहकारी ऐन अन्र्तगत सञ्चालन गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा काभ्रे पलाञ्चोक जिल्ला बचत संघका सञ्चालक कृष्णप्रसाद तिमल्सिना लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । साधारण सभामा संस्थाको आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन सचिव रुसन श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष राजाराम तौजलेले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पुजीं ३ करोड ३६ लाख २७ हजार ५ सय रहेको जनाएको छ । संस्थाको मुख्य कार्यालय बनेपा १० पुलबजारमा र सेवा कार्यलयहरु पाँचखाल, भकुण्डे, खाडीचौर, चौतारा, बाह्रविसे, सिपाघाट र पनौती रहेको जनाएको छ । कार्यक्रम संस्थाका अध्यक्ष रामशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।