बनेपा/पतञ्जली योग समिति काभ्रेको आयोजनामा मधुमेह(डाईविटिज) रोग निदान बारे ७ दिने निशुल्क योग शिबिर सञ्चालन गरेको छ ।
शिविरमा योगा, रक्त परिक्षण, निःशुल्क स्वास्थय परिक्षण गरिएको थियो । योग शिविरमा पतंञ्जली योग वागमती प्रदेश अध्यक्ष गु्रवेन तौजले, काभ्रेका अध्यक्ष दमन कुमार श्रेष्ठ, आगुर्वेद पञ्चकर्म हेल्थ होमका विशेषज्ञ डाक्टर अभिषेक ताम्राकारले प्रशिक्षण दिनु भएको थियो । योग गरेपछि सुगर रोग मात्र नभई सम्पूर्ण रोगको निदान हुने भएकाले दैनिक योग गर्न प्रशिक्षकले आग्रह गर्नु भएको थियो । पतञ्जली योग समितीले जिल्लामा विभिन्न योग कार्यक्रमहरु गर्दै आईरहेको छ । योग शिबिर असोज १७ देखी २३ गते सम्म चल्ने बताएको छ । शिबिर भौतिक उपस्थितिमा र जुम मात्र सञ्चालन भएको छ भने शिबिरबाट ५ सय भन्दा बढिले सुविधा लिएको जनाएको छ ।









