2026 April 24/ 10:48: 31am

बनेपा/बनेपा नगरपालिकाको स्वास्थय शाखा दशै विदामा सधै शाखा खुल्ला रहने भएको छ ।
नगरबासीहरुको स्वास्थ्यमा विशेष ख्याल गर्दे नगरपालिकाले स्वास्थ शाखा खुल्ला राख्ने जनाएको छ । नगरले दशै अघि नै १८ वर्ष भन्दा माथिकालाई कोरोना विरुद्धको खोप लगाउने अभियान नै चलाएको छ । नगरपालिकाले नगरबासीहरुको स्वास्थ्यमा विशेष ध्यान दिई १४ वटै वडामा स्वास्थ्य भवन बनाई उक्त भवनमा सेवा नै प्रवाह गरिरहेको छ । नगरले कोरनाको समयमा नगरबासीहरुको स्वास्थ्यलाई ख्याल गर्दे बनेपा पोलीटेक्नीक विद्यालयमा ५० बेडको आईशोलेसन, भोमि अस्पतालमा भेन्टिलेटर बेड सहित अस्पतालको व्यबस्था गरि निःशुल्क उपचार गरेको थियो । निशुल्क कोरोना जाँच दैनिक गरिरहेको नगरपालिकाले नगरबासीहरुको स्वास्थ्य उपचारमा कुनै कसुर बाँकी नराख्ने नगर प्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो । नगरबासीहरुकै स्वास्थयलाई मध्यनजर गर्दै दशै र सार्वजानीक विदामा समेत नगरपालिकाको स्वास्थ्य शाखा मार्फत सेवा प्रवाह गर्ने बादेले बताउनु भयो ।