बनेपा/बनेपा नगरपालिकाले योजना सञ्चालन सम्बन्धी उपभोक्ता समितिहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन शुरु गरेको छ ।
नगरले असोज मसान्त सम्म सबै वडामा उपभोक्त समिति गठन गरि सक्ने र कार्तिक १५ गते भित्र सबै वडाका उपभोक्ता समितीहरुलाई योजना सञ्चालन सम्बन्धि अभिमुखीकरण सञ्चालन गर्ने नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कबिराज न्यौपानेले वताउनु भयो । नगरले जिल्लामै पहिलो पटक उपभोक्ता समितीहरुलाई उपभोक्त समिती गठन पश्चात योजना सम्झौता, बैठक बस्ने, लेखा राख्ने, कामलाई कसरी सहजाताका साथ सम्पन्न गर्ने सम्बन्धि जानकारी दिईने उप्रतीले बताउनु भयो । कोरोनाका समयमा समेत नगरले ९७ प्रतिशत योजनमा सम्पन्न गरेको र उक्त योजना सञ्चालन गर्दा उभोक्ता अलमलिएको, समयमै काम सकिए पनि विलभपाई बनाउन समस्या परेको, उपभोक्ताले फेरी निमार्ण कम्पनीहरुलाई ठेक्का दिने गरिएको पाएको बताउनु भयो । नगरले अब १४ वटै वडामा सम्पूर्ण उपभोक्ता समतिलाई सहजताका लागी उक्त अभिमुखीकरण राखीएको उप्रेतीले बताउनु भयो । अभिमुखिकरण पश्चात उपभोक्तालाई सहजता हुने विश्वास लिएको बताउनु भयो । अभिमुखीकरण कार्यक्रममा योजना शाखा प्रमुख शर्मिला बन्जाडे, लेखा अधिकृत निर्मल मुस्याजु, वडा अध्यक्ष चन्द्र बहादुर खड्का, ईन्जिनियर चन्दन होयजु लगायतले सहजीकरण गर्नु भएको थियो ।









