बनेपा/आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष दिनेशराज कायस्थको अध्यक्षतामा सम्पन्न भएको छ ।
अध्यक्ष कायस्थले संस्थाले संस्थाले नाफामात्र कमाउन नभई समाजप्रतिको उत्तरदायित्व महसुस गरि विभिन्न सामाजिक क्रियाकलापहरु गर्नुको साथै एक नौलो कार्यक्रम “छोरी अभियान” वि.सं. २०७४ साल देखि थालनी गरि निरन्तर रुपमा सेवा गर्दै आईरहेको बताउनु भयो । संस्थाले सदस्यहरुको आर्थिक सहभागितामा सुरुवात गरेको “आभाष सदस्य सुरक्षा कार्यक्रम, विभिन्न रोगको उपचार, लैंगिक, समानताको लक्ष्य अन्तर्गत महिला सशक्तिकरणको लागि महिला समुह कार्यक्रमलाई विशेष प्राथमिकता दिएको बताउनु भयो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्षको वार्षिक प्रतिवेदन सचिव प्रकाश कायस्थले र आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं ३ करोड ७० लाख, कुल कारोबार ६५ करोड ८ लाख ४० हजार, बचत संकलन ५६ करोड ४१ लाख ९६ हजार र ऋण लगानी ४८ करोड ८१ लाख रहेको जनाएको छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुबास बैद्यले संस्थाले कोभिडको असरका कारण सदस्यहरुलाई विभिन्न सेवा सुविधा प्रदान गरेको बताउनु भयो । संस्थाले सामाजिक उत्तर दायित्व अन्र्तगत रक्तदान, स्वास्थ्य शिविर, विभिन्न संघ सस्थाहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आएको बताउनु भयो । कार्यक्रममा संस्थाको उपनिर्वाचनबाट कोषाध्यक्षमा धर्मभक्त प्रधान र लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा विकास बैद्य निर्विाचित हुनु भएको बैद्यले बताउनु भयो ।









