2026 April 24/ 10:49: 27am

बनेपा/विद्यासागर अँग्रेजी माध्यमिक विद्यालयमा राजा रानी नाच प्रदर्शन गरिएको छ । बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा भएको उक्त प्रर्दशनीमा बनेपाको एतिहासिक पहिचान बोकेको बादेले बताउनु भयो । बनेपाको कला संस्कृतिलाई जगेर्ना गर्नका लागि विद्यालयले उक्त नृत्यलाई प्रस्तुत गरेकोमा धन्यबाद दिनु भएको थियो । वादेले बनेपा नगरपालिकाले स्थानीय पाठ्यक्रममा नै स्थानीय परम्परा, कला साहित्यलाई समेटेको र बनेपाको संस्कृति जोगाउन मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । संस्कृति भनेकै धन र ईज्जत भएकाले यसलाई जोगाउनु सबै बनेपालीको दायित्व भएको समेत बादेले बताउनु भयो । 
कार्यक्रममा बनेपाका ईतिहासकार ज्ञानकाजी मानन्धरले स्थानिय परम्परा हराउँदै गएकोमा चिन्ता ब्यक्त गर्नु भएको थियो । अहिलेको पुस्ताहरुले हाम्रो पहिचान, कला र संस्कृति जोगाउन लाग्नुपर्ने बताउनु भयो । बनेपा नगरका पर्व पूजा प्रबद्र्धन समितिका संयोजक मोहन तौजले विद्यालयका विनय श्रेष्ठ लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका सभापति तथा विद्यालयका प्रिन्सिपल हिरा शर्मा नेपालले विद्यालयले विगतका वर्षहरुमा अतिरिक्त कार्यक्रमहरु गर्दै आएको र कोरोना कारणले रोकिएका कार्यक्रम शुरु गरिएको बताउनु भयो । विद्यालयले विद्यार्थीहरुलाई सानै कक्षा देखी नै आफ्नो संस्कार, कला, अनुशासन सिकाउदै आएको बताउनु भयो । अन्तर्राष्ट्रिय ब्रिटिस काउन्सिलमा समेत विद्यासागर विद्यालयले भाग लिई विद्यार्थीहरुको प्रतिभालाई समेटिएको बताउनु भयो । विद्यालयमा बेल विवाह, कन्या पुजा, आमा बाबुको मुख हेर्ने, सँस्कार सिकाउने, उनिहरुको ईच्छा र प्रतिभा अनुसारको कार्यक्रम संचालन गरिएको नेपालले बताउनु भयो । हामीले नै संस्कृति र सम्पदाहरुको संरक्षण र जर्गेना गर्नुपर्ने प्रिन्सिपल शर्माले बताउनु भयो ।