बनेपा/उपकार बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा संस्थाका जेष्ठ सदस्य रामेश्वर मैक श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
साधारण सभाबाट ठाकुर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जस्को उपाध्यक्षमा सुनिल थापा, सचिव ऋतु वर्ण श्रेष्ठ कोषाध्यक्ष राजकुुमार आचार्य, सदस्यहरुमा रन्जन सापकोटा, रामचन्द्र थापा, राजकुमार हुमागाई लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा जयराम थापा सदस्यमा बालकृष्ण श्रेष्ठ र भिम बहादुर मगर निर्वाचित हुनुभएको छ । साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सचिव ऋतुवर्ण श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष राजकुमार आचार्यले र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिवेदन संयोजक जयराम थापाले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पुजीं १ करोड १२ लाख १४ हजार, कर्जा तथा सापटी ७ करोड ४९ लाख ४४ हजार कुल कारोबार १० करोड १ लाख १७ हजार रहेको जनाएको छ ।
कार्यक्रममा सहकारीविद् एवं प्रशिक्षक पूर्ण चन्द्र सिग्देल, बनेपा नगरपालिका बरिष्ठ राजश्व अधिकृत धुर्वराज नेपाल जिल्ला बचत संघका प्रबन्धक गुरुप्रसाद ढकाल लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सुनिल थापाले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष ठाकुर गौतमले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, ऋणी, शेयर धनीहरुलाई सम्मान गरिएको थियो ।









