2026 April 24/ 10:48: 32am

बनेपा/मोडेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
              प्रमुख अतिथी उप्रेतिले सहकारीहरुले सहकारीको मापदण्ड अनुसार सञ्चालन गर्न आग्रह गर्नुपर्ने बताउनु भयो । राज्यलाई सहकारीहरुले सरकारको ३ खम्बे निती अन्र्तगत १ खम्बा  सहकारी भएकाले विभेद गर्न नहुने बताउनु भयो । कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष रामहरी केसी बागमती प्रदेश बचत संघका अध्यक्ष उद्वव सापकोटा लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७÷७८ को शेयर पँुजी २ करोड ४ लाख हजार, बचत तथा निक्षेप १६ करोड ३४ लाख ६९ हजार, ऋण लगानी १६ करोड ४० लाख ७० हजार रहेको जनाएको छ । 
सभाको बन्द सत्रले कृष्ण प्रसाद तिमल्सिनाको अध्यक्षतमा नयाँ समिति गठन गरेको छ । जसको उपाध्यक्ष ओमकृष्ण प्रधान, सचिव रामसुदन तिमल्सिना, कोषाध्यक्ष जनार्दन के.सी, र सदस्यहरुमा  कृष्ण सापकोटा, निभराज जोशी, जयेन्द्र प्रधान, गोविन्द दाहाल, मथुरा बास्कोटा मैनाली, बेद प्रसाद बञ्जारा, लक्ष्मी श्रेष्ठ रहनु भएको छ । लेखा सुपरिबेक्षण समिति संयोजक राजन श्रेष्ठ, सदस्य रामशरण बजगाई र अप्सरा तिमल्सिना रहनु भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष राजन शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।