2026 April 24/ 10:49: 27am

    बनेपा/विश्व मुटु दिवसको अवसर पारी नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको आयोजनामा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको छ । 
    प्रतियोगितामा उत्कृष्ट हुने विजेतालाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ । नेपाल हृदयरोग प्रतिष्ठानका सभापति अशोककुमार श्रेष्ठले बालबालिकाहरुलाई उक्त रोगका बारेमा जानकारी गरायौ भने धेरै जना मुटु रोग बाट जोगिने बताउनु भयो । विभिन्न माध्यमद्वारा उक्त रोगबारे जनचेतना प्रदान गर्न काभ्रे शाखा लागिरहेको श्रेष्ठले वताउनु भयो । प्रतिष्ठानले बालबालिकाहरुको मुटु जाँचका लागी कोरोना अगाडी विद्यालयमै गई जाँच गरिरहेको र त्यस कार्यलाई निरन्तरता दिने वताउनु भयो । प्रतियोगितामा प्रथम नाईटिङ्गेल एकेडेमी माविका छात्र कृष यादब, द्वितिय विद्या सागर माविकी छात्रा सम्पदा नेपाल र तृतिय विद्या सागर माविकी छात्रा आषिष क्षेत्री रहनु भएको थियो । उनिहरुलाई नगद १० हजार, ५ हजार र ३ हजार पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतो, लायन्स क्लब अफ काभ्रेका अध्यक्ष सुरेशभक्त भोछिभोया लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मुटु रोग सम्बन्धी रुपा कर्माचार्यले प्रस्तुतीकरण गर्नु भएको थियो । 
    कार्यक्रममा स्वागत मन्तब्य टिकाभक्त भोछिभोयाले राख्नु भएको थियो भने सञ्चालन हरिशरण श्रेष्ठले गर्नु भएको थियो ।