बनेपा/शुलभ बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारण सभा संस्थाका सल्लाहकार भागवत श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी श्रेष्ठले कोरोनाका समयमा संस्थाले सदस्यहरुलाई बचत तथा ऋणमा विशेष सहुलियत दिनुपर्ने बताउनु भयो । सहकारीले सदस्यहरुलाई सेवा तथा छुट दिनुपर्नेमा कुनै कन्जुस्याई नगरी सदस्यलाई संरक्षण गर्नुपर्ने बताउनु भयो । सदस्य रहेमा मात्र संस्था रहने भएकाले आफुले उक्त धारणा राखेको श्रेष्ठको भनाई थियो । शुलभ सहकारीले थोरै समयमा सदस्यहरुको मन जिती आफ्नो कारोबारमा उत्कृष्ट गर्न सफल भएको छ । अब सहकारीहरुले विभिन्न क्षेत्रमा लनानी गर्नुपर्ने श्रेष्ठले बताउनु भयो । कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष विक्रम भैलले संस्थाले सदस्यहरुलाई विशेष छुट र सहयोग गरेको बताउनु भयो । संस्थाले सामाजिक उत्तर दायित्व अन्र्तगत कोरोनाका समयमा आर्थिक सहयोग, विभिन्न संघ सस्थालाई सहयोग, बाढिपहिरो लगायतका महामारीमा सहयोग, स्वास्थ्य शिविर, रक्तदान, खेलाडीहरुलाई सम्मान लगायतका सामाजिक कार्य गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिबेदन सचिव होमप्रसाद तिमल्सिनाले आर्थिक प्रतिबेदन कोषाध्यक्ष दमनकुमार श्रेष्ठले लेखा तथा सुपरिबेक्षण समितिको प्रतिवेदन संयोजक आरति श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुँजीं २ करोड ५० लाख २६ हजार, बचत संकलन ४२ करोड ७ लाख, ऋण लगानी ५८ करोड ४१ लाख ८७ हजार खुद नाफा १ करोड २५ लाख रहेको जनाएको छ ।









