बनेपा/बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अन्तर्राष्टिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थामा आवद्ध ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ ।
७५ वर्ष उमेर पूरा भएका १ सय ८९ जना ज्येष्ठ सदस्यहरुलाई संस्थाको मुख्य कार्यालय र सेवा केन्द्र कार्यालयहरु मार्फत पछ्यौरा, हट वाटर ब्याग, बिस्कुट र नगद ३ सय रुपैयाँ नगद उपहार सहित सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले बताउनु भयो । कार्यालयसम्म आउन नसक्ने सदस्यलाई संस्थाका प्रतिनिधिहरू घर घरमै पुगेर समेत सम्मान गरिएको थियो । संस्थाको महिला तथा सामाजिक साँस्कृतिक उपसमितिको आयोजना र ब्यवस्थापनमा संचालित कार्यक्रममा संचालक समिति, लेखा समिति, सल्लाहकार, सेवा केन्द्र ब्यवस्थापन उपसमिति र कर्मचारीहरूको सहभागिता रहेको थियो । संस्थाले विगत १८ वर्षदेखि हरेक वर्ष आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्दै आईरहेको ठकुरीले बताउनु भयो ।









