2026 April 24/ 10:48: 29am

मजदुर संगठनका केन्द्रिय सम्मेलन
    बनेपा/नेकपा माओवादी विप्लव निकट मजदुर संगठनको सातौ राष्ट्रिय सम्मेलन काभ्रेको बनेपामा सम्पन्न भएको छ । सम्मेलनको केन्द्रिय अध्यक्ष नेत्र विक्रम चन्द विप्लबले उद्घाटन गर्नु भएको थियो । केन्द्रिय नेताहरु खड्गबहादुर विश्वकर्मा तथा विभिन्न संगठनका नेताहरुले सम्मेलनको उद्घाटन सत्रमा मन्तब्य राखेका थिए । 
    कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले नेपालमा संसदिय ब्यवस्था असफल भईसकेकाले आम नागरिकहरुको हितका खातिर जनताका प्रतिनिधिहरुको सरकार गठन गर्नु पर्ने बताउनु भयो । दलाल र पुँजीबादीहरुका कारण नेपाली मजदुर र नागरिकहरु जहिल्यै पछि पर्नु परेको विप्लबले बताउनु भयो । नेताहरुले नेपालबाट श्रम शक्ति विदेशिनु परेको, नेपालमा श्रम शोषण भएको र मजदुरहरुको हक हितका लागि भएका ऐन कानुन मजदुर मैत्री नभएको बताएका थिए । बनेपाका विभिन्न स्थानबाट निस्किएको ¥याली सभामा परिणत भएको थियो । बनेपाको लायकु मञ्चमा आयोजना गरिएको सभाको बन्द सत्रले नयाँ कमिटी गठन गरेको छ ।