धुलिखेल/पुर्पक्षका लागि थुनामा रहेका एक ब्यक्तिको मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरी ठगि अभियोगमा मुद्दा दर्ता गरेको छ ।
कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका थुनवाको मुद्दा मिलाई दिन्छु भनि काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नम्वर ५ ढलमले बस्ने २७ बर्षिय रमेश गिरीले १ लाख २० हजार रुपैया लिएको अनुसन्धानका क्रममा खुलेको छ । थुनुवाका आफन्तबाट २०७८ भदौ १६ गते देखि पटक पटक गरी १ लाख २० हजार रुपैया लिएको उजुरीमा उल्लेख छ । प्रहरीले अनुसन्धानका क्रममा रमेश गिरीले जघन्य प्रकृतिको कसूरमा पक्राउ परी अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका प्रतिवादीलाई छुटाउन पीडित, प्रहरी, वकिल र फैसला गर्ने निकाय सम्म मिलाउनु पर्छ भनि झुट्टा आश्वासन देखाई झुक्यानमा पारी ललाई फकाई थुनामा रहेको प्रतिवादी र निजको आफन्त समेतबाट रकम लिई आफै खाने पचाउने नियत राखी ठगी गरेको प्रहरीले बताएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूरमा जाहेरी दरखास्त लिई प्रतिवादीलाई कानुन बमोजिम असोज १० गते धुलिखेल नगरपालिका वडा नम्वर ७ बाट पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी प्रवत्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनुभयो । जिल्लामा यस्ता विचौलिया धेरै रहेको पीडितहरुले बताएका छन् ।









