धुलिखेल/शैक्षिक सशक्तिकरण केन्द्र नेपालको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन म्पन्न भएको छ । धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष निराजन जंगमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जंगमले संस्थाले शैक्षिक क्षेत्रमा
पु-याएको योगदानको कदर गर्नु भएको थियो ।
कार्यक्रममा शैक्षिक नमुना ग्रामिण विकास केन्द्रका प्रतिनिधि राम लामा, कानुनविद् ईश्वर बन्जारा, शैक्षिक शसक्तिकरण केन्द्रका कार्यकारी निर्देशक दिपक रोका लागायतको उपस्थिती रहेको थियो । साधारणसभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । जसअनुसार अध्यक्षमा नमराज तिमल्सिना, उपाध्यक्षमा नानीराम धिताल, सचिवमा विद्या लक्ष्मी देउजा, कोषाध्यक्षमा श्याम ढलाकोटी, सदस्यमा चन्द्रकला श्रेष्ठ, शर्मिला अधिकारी र प्रकाश मिजार चयन भएका छन् ।
कार्यक्रममा संस्थाको वार्षिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।









