बनेपा/उग्रतिर्थ साकोसको १२ औँ साधारण सभा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
मन्त्री लामाले समग्र सहकारी क्षेत्रमा देखिएका समस्यालाई समाधानका लागि नीति निर्माण गर्न आफूले पहल गर्ने बताए । आफु रहदाँ सम्म कुनै गलत काम नगर्ने र गलत काम गर्नेहरुलाई सहि नीति बनाई कानुनको दायरामा ल्याउने बताउनु भयो । एकाध सहकारीहरुले जनताको पैसामा खेलाँची गरेकाले त्यस्ता सहकारीहरुलाई नियमन गर्ने बताउनु भयो । बागमती प्रदेशमा सबैभन्दा बढी सहकारी भएकाले सरकारको तिन खम्बे नीति अनुसार आर्थिक क्षेत्रमा ठुलो टेवा पुग्ने विश्वास ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका सचिव संस्थाका सचिव शान्तमणी रिजालले राख्नु भएको थियो । रिजालले स्वागत मन्तब्यसँगै संस्थाको वार्षिक गतिविधि प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक बर्ष २०७७÷७८ मा शेयर पुजीं ४ करोड ६२ लाख निक्षेप ३७ करोड ७ लाख र ऋण लगानी ४३ करोड रहेको जनाएको छ । संस्थाले कोरोना माहामारीका समयमा सामाजिक दायित्व अन्र्तगत स्थानीय सरकालाई नगद, विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामाग्री, खाद्यान्न सामाग्री आजाद मावि बनेपाका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेको रिजालले बताउनु भयो । कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी सबिना थापा र सबिता चित्रकारलाई पुरस्कृत गरिएको थियो भने संस्थाको संचालक समितिका सचिव शान्तमणि रिजाललाई गोल्ड मेडलद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बैदार, नेपाल सरकारका पूर्व उप–सचिव तथा सहकारी विज्ञ हरि वशिष्ठ, कोपोरेटिभ म्यानेजर क्लब (सिएमसी) काभ्रेका अध्यक्ष विवेकराज ठकुरी, बागमति प्रदेश बचत संघ काभ्रेका प्रभु केशव दाहाल, युवा व्यवसायी, समाजसेवी तथा दि ग्राण्ड गुण्डु रिसोर्ट भक्तपुरका अध्यक्ष विज्ञान राई, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष मोहन गजुरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।









