बनेपा/बुडोल सामुदायकि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका सचिव जयराम थापाले आर्थिक वर्ष ०७७।०७८ को प्रगती प्रतिवेदन, कोषाध्यक्ष राधेश्याम केसीले आर्थिक प्रतिवेदन र आ.व ०७८।०७९ को वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको तर्फबाट सदस्य सन्तोष आचार्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको कुल सम्पत्ति रु १ अर्ब ४५ करोड १४ लाख ८४ बचत संकलन रु १ अर्ब १६ करोड २० लाख ७७ हजार ९ सय ६९ शेयर पूँजी रु १३ करोड २ लाख ५२ हजार ५ सय ऋण रु १ अरब २ करोड १२ लाख ९ हजार ८८ संस्थागत पूँजी रु १० करोड २ लाख ७२ हजार संचालन मूनाफा रु ४ करोड ९८ लाख १९ हजार रहेको छ ।
सभाले सदस्यहरुलाई १४ प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ४ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष रामहरी केसी, सल्लाहकार प्राध्यापक भोलाबहादुर केसी सल्लाहकार अधिवक्ता नवराज बडाल र सल्लाहकार भैरव केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्बोधन गर्दै सभाध्यक्ष कैलाश केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।









