होम प्रसाद चौलागाई/कुन्ताबेशी
संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्था लि. मण्डन देउपुर कुन्तावेशी काभ्रेको २१ औं वार्षिक साधारण सभा गत शनिबार सम्पन्न भएको छ ।
२१ औ वार्षिक साधारण सभाबाट पुनः बद्री प्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्यसमितिका चयन भएको छ जसमा उपाध्यक्ष गणेश प्रसाद नेपाल(क), सचिव रामचद्र श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र प्रसाद सापकोटा सदस्यहरूमा प्रमोद बास्कोटा, भावना श्रेष्ठ, गिता नेपाल, गणेश प्रसाद नेपाल(ख), लक्ष्मी सापकोटा पराजुली, प्रकाश नेपाल र ईन्दिरा सापकोटा साथै लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुर्दशन नेपाल सदस्यहरूमा बिदुर नेपाल र दिलिप हमाल तथा ऋण उप–समिति सदस्यहरूमा कुमार श्रेष्ठ र भोला प्रसाद बजगाई निर्विरोध निर्वाचित हुनु भएको छ ।
साधारण सभामा आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन सचिव गणेश प्रसाद नेपालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामचन्द्र श्रेष्ठ तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक लक्ष्मी सापकोटा पराजुलीले प्रस्तुत गर्नुभएको थियो । संस्थाको कुल कारोबार ६२करोड ९ लाख ४७ हजार नाफा ५९लाख २० हजार ६३४ रूपैयाँ रहेको जनाएको छ । त्यसै गरी संस्थाको शेयर पुँजी २ करोड ४३ लाख ६० हजार, बचत संकलन २२ करोड २३ लाख ३४ हजार ऋण लगानी १८ करोड ४६ लाख ७२ हजार भएको जानकारी दिईएको थियो ।
साथै उक्त सभामा आ.व. २०७७÷०७८ मा अधिकतम शेयर खरिद कर्ता १ जना, उत्कृष्ट बचत कर्ता र उत्कृष्ट ऋणी २÷२ जनालाई शेयर सदस्यलाई पुरस्कृत गरिएको थियो । कार्यत्रममा संस्थाका अध्यक्ष बद्री प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।









