बनेपा/नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपा माओवादी परित्याग गरेको दुई वर्ष पछि नयाँ पार्टी गठन गरेका कृष्ण धमलाको नेतृत्वको जनसमाजबादी मञ्चले देशभर संगठन विस्तारको क्रम तिब्र बनाएको छ । सोहि अभियान अनुसार काभ्रेपलाञ्चोक जिल्लामा विप्लब समुहमा कृयाशिल भई पछि विद्रोह गरेका सागर मैनाली सहितका ४१ जना नेता तथा कार्यकर्ताहरुले नयाँ पार्टी गठन गरेका छन् ।
धमला नेतृत्वको जनसमाजबादी मञ्चको संयोजकमा सागर मैनाली रहेका छन् भने सह संयोजकमा शम्भु फुँयाल रहेका छन् । ४१ सदस्यीय जिल्ला समितिले काभ्रेपलाञ्चोक जिल्लामा बर्ग संर्घषका साथै नयाँ पार्टीका नीति र कार्यक्रमलाई जनताका बीचमा लैजाने घोषणा गरेको संयोजक सागर मैनालीले बताउनु भयो । धमलाको नेतृत्वमा गठित नयाँ पार्टीको केन्द्रिय समिति ५१ सदस्यीय छ । बैज्ञानिक समाजबादी क्रान्ति सम्पन्न गर्न भन्दै नयाँ पार्टी बैशाख १८ गते घोषणा गरिएको थियो । कृष्ण धमला नेकपामा हुँदा पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । विप्लब समुहको नेकपाले जनता र क्रान्ति दुबैलाई धोका दिएकाले नयाँ पार्टी गठन गर्नु परेको बताईएको छ ।









