बनेपा, साँगा/सेञ्चुरी कमर्सियल बैकको साँगामा रहेको शाखाले सामाजिक उत्तरदायित्व अन्र्तगत खेलाडीहरुलाई जर्सी उपलब्ध गराएको छ । स्पोर्टस एकेडेमी साँगालाई जर्सी उपलब्ध गराईएको शाखा प्रमुख श्रवणकुमार घिमिरेले बताउनु भयो ।
खेल मार्फत स्वास्थ्य तथा सद्भाव कायम राख्ने उदेश्यले स्पोर्टस एकेडेमीले आयोजना गर्ने फुटबल प्रतियोगिताका लागि जर्सी वितरण गरिएको हो । सोहि कार्यक्रममा स्पोर्टस एकेडेमी साँगाका अध्यक्ष मनोरथ आचार्य, बैकका शाखा प्रमुख श्रवणकुमार आचार्य लगायतले खेल र खेलाडीहरुको बारेमा मन्तब्य राखनु भएको थियो । सोहि अवसरमा खेलाडीहरुको पनि सहभागिता रहेको थियो ।









