2026 April 24/ 09:13: 53am

क्षेत्रिय प्रतिनिधिहरु एमालेमा प्रवेश
    धुलिखेल/नेपाली काँग्रेस धुलिखेल वडा नम्वर २ का उप सभापति आशाकाजी तामाङ, क्षेत्रिय प्रतिनिधि तथा आमन्त्रित जिल्ला सदस्य त्रिलोचन चौलागाई र क्षेत्रिय प्रतिनिधि उद्धव घोरसाईनेले नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । 
    नेपाली काँग्रेसको वडा अधिबेशन सकिएको केहि दिनमै उहाँहरु एमालेमा प्रवेश गर्नु भएको हो । धु्लिखेलमा आयोजित एक कार्यक्रममा तामाङ, चौलागाई र घोरसाईने एमाले प्रवेश गर्नु भएको थियो । प्रवेशिहरुलाई एमाले अध्यक्ष अशोक ब्याञ्जु, प्रदेश समिति सदस्य विमला शर्मा, जिल्ला कमिटी सदस्यहरु, युवा संघ तथा विद्यार्थी नेताहरुले स्वागत गर्दै बधाई र शुभकामना ब्यक्त गर्नु भएको थियो । सोहि कार्यक्रममा युवा संघ जिल्ला अध्यक्ष विक्रम चौलागाई, विद्यार्थीका केन्द्रिय नेता शालिकराम पराजुली, धुलिखेल नगरपालिका वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।