2026 April 24/ 10:21: 05am

नाला/डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारण सभा बनेपा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
    प्रमुख अतिथी दाहालले सहकारीले ऋण तथा बचतको मात्र काम नगरी सदस्यहरुको आयस्तर उकास्न सामुहिक लगानी गर्नुपर्ने बताउनु भयो । कृषि क्षेत्रमा विशेष लगानी र सुविधा प्रदान गरी सदस्यहरुको आवश्यकतालाई मध्यनजर गर्दै सहकारीले नीति बनाउनु पर्ने अध्यक्ष दाहालले बताउनु भयो । नगरपालिकाको सहकारी ऐन र नीति अनुसार सहकारीहरु सञ्चालन गर्न सुझाव दिदै दाहालले १÷२ वटा सहकारीहरुले गर्दा सहकारीहरु बदनाम हुदै गएको बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटा, संस्थाका सल्हाकार विदुर सिग्देल, भिष्मप्रसाद बजगाई, किशोर बजगाई र इबनारायण दाहाल, नेपाल पत्रकार महासघंका पूर्व उपाध्यक्ष नवराज बजगाई लगायतका ब्यक्तिले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
    कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७÷०७८ वार्षिक प्रतिबेदन सचिव उपेन्द्र दाहालले आर्थिक प्रतिवेदन कोषाध्यक्ष गौतम श्रेष्ठले र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक भुवन श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुँजीं १ करोड ६९ लाख २९ हजार, बचत निक्षेप १५ करोड ४४ लाख १७ हजार, कर्जा लगानी १९ करोड ७३ लाख, कुल कारोबार २४ करोड ९३ लाख ८ हजार रहेको छ । संस्थाका अध्यक्ष माधव सिग्देलले संस्थाले कोभिड १९ लाई मध्यनजर गर्दै सदस्यहरुलाई सकेसम्म आवश्यकता अनुसार सेवा सुविधा उपलब्ध गराएको बताउनु भयो । संस्थाले समय साक्षेप सदस्यको माग अनुरुप प्रविधिको उच्चतम् प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको र आगामी दिनमा आयमूलक क्षेत्रमा समेत लगानी गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । 
कार्यक्रम संस्थाका अध्यक्ष माधव सिग्देलको सभापतित्वमा सम्पन्न भएको थियो ।