नाला/काभ्रेको बनेपा नगरपालकिा वडा नम्वर ३ मा रहेको बनेपाबाट ९ किलिो मिटरको दुरीमा पर्ने पर्यटकीय क्षेत्र भिमिसेन मन्दिर १०० बर्ष अगाडी देखीको ईतिहास बोकेको धार्मिक क्षेत्रमा अहिले आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।
स्थानबाट सर्वोच्च शिखर सगरमाथा, पाँचखालको फाँट, धुलिखेलको डाँडा, काशीभञ्जाङको सौन्न्दर्य, बासुकी नागको इतहिास, हरीयाली डाँडा देखिने भएकाले आन्तरिक पर्यटकको मन शान्त सफल भएको वताएको छ । उक्त ठाउँमा जानको लागी नगरकोटबाट ३ किलोमटिर, धुलीखेल टन्चोक हुँदै जाने बाटो, पाचँखालबाट अनैकोट हुदै पनी काभ्रे भमिसेन मन्दिर जान सकिने छ । उक्त क्षेत्रमा कृषी उत्पादनका हिसावले पनि राम्रो मानिन्छ । मुख्य बालकिो रुपमा आलु खेतिले मनग्गे आम्दानी गर्न सकीने वाताबरण रहेको छ । उक्त क्षेत्र विकासका लागी सडकको संरचनामा विकास गरी जलजले क्षेत्रलाई मर्मत संहार गरी ड्याम्म बनाएर प्रचारप्रसार गर्ने सकियो भने दैनिक आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सकिने छ । उक्त क्षेत्रको विकासका लागी वागमती प्रदेश सरकार र बनेपा नगरपालिकाले विशेष ध्यान दिनु पर्ने स्थानियहरुले वताएका छन् ।









