एक लाख सदस्यलाई सेवा दिने
बनेपा/काभ्रेपलाञ्चोक तथा काठमाडौ जिल्लाभर कार्यक्षेत्र रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २८ औंं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल उक्त संस्थाले २८ औं वार्षिक साधारण सभा समापन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बागमती सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा प्रमुख आतिथ्यता एवं बागमती सहकारी विकास बोर्डका सदस्य रामशरण घिमिरे, ज्ञान बहादुर तामाङ र उद्धव सापकोटाको विशेष आतिथ्यता रहेको थियोे ।
साधारण सभा समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागमती सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले संस्थाले संचालन गरेका वित्तीय तथा गैह्रवित्तीय सेवाका बारेमा प्रशंसा गर्दे संस्थाले सदस्यहरुबाट उत्पादित कृषि सामाग्री संकलन गरी सोको ब्रान्डिङ्ख एवं उद्यमशिलता गर्नुपर्ने र विकास बोर्ड पनि त्यसमा सहयोग गर्न तत्पर भएको प्रतिवद्धता जनाउनु भयो । सापकोटाले उद्यमशिता विकास गरी स्वरोजगारमुलक कार्यक्रमहरु संचालनलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रेपलाञ्चोक तथा काठमाडौ जिल्ला भित्र १८९३ वटा समूह मार्फत ४१ हजार सात सय ४४ जना शेयर सदस्य र ८ हजार २ सय ९४ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ५० हजार ३८ जना सेवाग्राहीलाई सहकारी सेवा प्रदान गरी रु. ३८ करोड ५७ लाख १२ हजार शेयर पूँजी ,रु. २ अर्व ८१ करोड ८७ लाख ४८ हजार बचत तथा निक्षेप र रु. २ अर्व ८७ करोड ९८ लाख ६२ हजार ऋण लगानीमा वाँकी रहेको र रु. ३ अर्ब ८७ करोड ७२ लाख ८६ हजार कूल सम्पति पु¥याउन संस्था सफल भएको र पाँचौ त्रिवर्षीय व्यवसायिक योजना अनुसार आ.व.२०८१।८२ सम्ममा एक लाख पाँ हजारलाई प्रतिस्पष्र्धी सेवा प्रदान गरी रु. १० अर्ब १२ करोड ५१ लाख कारोबार गर्ने लक्ष्य लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामाले जानकारी दिनुभएकोे थियो ।
संस्थाले वित्तीय कारोबार लगायत सदस्य सुरक्षण कार्यक्रम, लघुवित्त कार्यक्रम, लघु जीवन विमा, पशु विमा, बाली विमा, विपे्रषण, ज्ञानमा आधारित विशेष कृषि कार्यक्रम, स्थानीय तहको सहकार्यमा व्याज अनुदान, सहुलियत ऋण, सामाजिक तथा सामुदायिक कार्यक्रमका साथै सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्वावलेट बैकिङ्ग, एटिएम सेवा, बैंक र संस्था बिच फण्ड ट्रान्सफर सेवा लगायतका कार्यहरु गर्दै आएको र राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट सहकारी पुरस्कार, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, उत्कृष्ट व्यवस्थापक पुरस्कार, उत्कृष्ट करदाता सम्मान, अन्तर्राष्ट्रिय स्तरमा CUMI Award , ACCESS Silver Brand, कोभिड १९ को महामारीमा उत्कृष्ट सदस्य सम्मान २०७८, संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि.लामाज्यू International Credit Union Outstanding Executive Award 2021 बाट सम्मानित हुन सफल भएको कार्यक्रममा जानकारी गराईएको थियो ।
बनेपा पार्टी भेन्युमा सम्पन्न कार्यक्रममा संस्थाका समिति, उपसमिति, कर्मचारी एवं शेयर सदस्य प्रतिनिधिज्यूहरुलाई संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियोे । संस्थाका सचिव रामशरण भण्डारीले संचालन गर्नु भएको थियो ।









