वडा वडामा भेला र बैठक
होम चौलागाई/कुन्ताबेशी, मण्डन देउपुर
नेकपा एमाले मण्डन देउपुर नगर कमीटीको विस्तारित बैठकबाट १२ वटै वडाका वडा स्तरीय संगठन शुद्धिकरण तथा जनजागरण अभियान भईरहेका छन् ।
विस्तारित बैठक असोज २ गते कुन्ताबेशीमा भएको थियो । उक्त बैठकले नगरका सबै वडामा वडा भेला प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । बैठकको प्रमुख आतिथ्यता नेकपा एमाले पार्टी जिल्ला ईन्चार्ज, नेपाल सरकारका पूर्व संचारमन्त्री गोकुल बास्कोटाले गर्नु भएको थियो । बास्कोटाले केहि समय देखी पार्टीका गतिविधी रोकिएकाले अब तिब्र गतिमा पार्टी काम अघि बढेको बताउनस भयो । नेकपा एमाले हिजो पनि आज पनि र भोली पनि विचार र नेतृत्वमा प्रष्ट भएकाले सर्वसाधारण समेत नअलमल्लीकन एमालेमा समाहित हुन बास्कोटाले अनुरोध गर्नु भयो । बैठकमा नेकपा एमाले जिल्ला अध्यक्ष अशोक व्यञ्जु, नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य नारायण वानिया, विदुर सापकोटा, रिता ढकाल लगायतका नेताहरुले सम्बोधन गर्दै विस्तारित बैठकमा सहभागी हुन आम कार्यकर्ताहरुलाई आब्हान गर्नु भएको थियो । बैठकले नगर ईन्चार्ज विदुर सापकाटाको संयोजनमा वाग्मती प्रदेश सदस्य नारायाण बानियाँ, केदारनाथ नेपाल, विमला आचार्य, युवा संघ नेपाल केन्द्रिय सचिबालय सदस्य होम प्रसाद चौलागाई, पार्टि नेताहरु शेर बहादुर डोटेल, रुद्रबहादुर तामाङ, कुमार भट्टराई रहेको परिचालन समिती गठन गरेको थियो । सोहि बैठकको निर्णय अन्तर्गत नेकपा एमाले मण्डनदेउपुर नगर २ नम्बर वडा कमिटीको २ गते नेकपा एमाले पार्टी जिल्ला ईन्चार्ज, नेपाल सरकारका पूर्व संचारमन्त्री, गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम वडा संयोजक रामहरी तिमल्सिनाको अध्यक्षतामा भएका थियो ।
त्यसै गरी मन्डनदेउपुर नगरपालिका वडा न ७ को वडा भेला नेकपा एमाले केन्द्रीय सदस्य काभ्रेका ईन्चाज पुर्ब संचार मन्त्री गोकुल बास्कोटाको प्रमुख आथित्यतामा संबिधान सभा सदस्य रामहरी सुवेदीको विशेष आथित्यतामा सम्पन्न भएको थियो । भेलामा प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यको उपस्थितिमा वडा भेला सम्पन्न भएको थियो । उक्त भेलाको सभापतित्व वडा संयोजक विष्णु पौडेलले गर्नु भएको थियो ।
त्यसैगरी वडा नम्वर ६ को वडा भेला संबिधान सभा सदस्य रामहरी सुवेदीको प्रमुख आतिथ्यतामा र एमाले काभ्रेका अध्यक्ष अशोक ब्यान्जुको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथी सुवेदीले दक्षिणपन्थि अवसरबादको बिरूद्धमा संगठन सुदृढीकरण गरी टुटफुटमा नलाग्न र लोभ लालचमा नपर्न आग्रह गर्नु भएको थियो । भेला पार्टी वडा संयोजक इन्द्रभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
वडा नम्बर ३ को भेला तथा विस्तारित बैठक नगर ईन्चाज विदुर सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सापकोटाले मन्डन देउपुर नगरमा एमाले पाटी फुटेको नभई चोईटिएर गएकाले कार्यकर्ताहरुलाई भ्रममा नपर्न आग्रह गर्नु भएको थियो । भेला वडा संयोजक भोलाप्रसाद बजगाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यसैगरी वडा नम्बर ५ को वडा भेला तथा विस्तारित बैठक नेकपा एमाले केन्द्रीय सदस्य काभ्रेका ईन्चाज पुर्ब संचार मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भेलाको सभापतित्व वडा संयोजक हर्क घिसिङ्गले गर्नु भएको थियो ।









