धुलिखेल/धुलिखेल नगरपालिकामा कार्यरत नगर प्रहरीलाई नगर प्रमुख अशोक ब्याञ्जुले दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । नगर इन्चार्ज र जवानहरुलाई एक कार्यक्रमका साथ चिन्ह प्रदान गरिएको थियो ।
सोहि कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले नगर प्रहरीले नागरिकहरुको सुरक्षामा ध्यान दिने बताउनु भयो । नगर प्रहरी इन्चार्जमा चन्द्रबहादुर मगर रहेका छन् ।









