बिष्णु घिमिरे
साउदी अरेबिया
साउदी अरेबियामा नेपाली दुतावास रियादले संघीय गणतान्त्रिक नेपालको सातौ संविधान दिवसको मनाएको छ । राष्ट्रिय झण्डाले सजिएको दुतावास प्राङ्गणमा आयोजना गरिएको सातौ संबिधान दिवस कार्यक्रममा उपस्थित दिदी बहिनी समुहकी अध्यक्ष तुलसी गुरुङ, टेलिमनी एक्सप्रेसका कन्ट्री मेनेजर जितेन्द्र थपलिया,अन्तर संस्था समन्वय समिति साउदीका अध्यक्ष कृष्ण पुरी अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल, हेल्प मधेशी अध्यक्ष कमल देव शाह जन प्रगतिशील मंच कमल शाही निर्मल, जनसम्पर्क समितिका द्वावारीका गिरी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद यास्मीन वेगम, एन आर एन साउदी डम्बर यादबले शुभकामना समेत दिएका थिए ।
९ बर्ष देखी कार्यरत दुतावास जन सम्पर्क अधिकारी हरि घिमिरेले दुतावासमा कार्यरत रहँदा आफुलाई सहयोग गर्ने साउदीमा रहेका एन आर एन, भातृसंगठन सामाजीक संघ संघसंस्था लगायत सम्पूर्ण नेपालीलाई धन्यवाद दिदै दुतावासको कार्यलाई १ अक्टोबर २०२१ बाट अन्तय गरिने जानकारी समेत दिएका छन भने दुतावासले सपरिवार लाई सं सम्मान बिदाई कार्यक्रम समेत गरेको थियो। साथै दुतावासले जन संम्पर्क अधिकारी नारायण पासवानलाई नियुक्ती गरेको छ । कार्यक्रममा कार्यबाहक राजदुत दिलीप कुमार पौडेल, डा.मुक्त अन्सारी डा, अनुरूद्रा, पाठक कृष्ण भुसाल लगायतको सहभागिता रहेको थियो ।









