2026 April 24/ 09:13: 43am

उद्धव प्रसाद अधिकारी/पाँचखाल
    पाँचखाल–४ रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा संस्थाको सभा हलमा सम्पन्न भएको छ । 
साधारण सभामा सिएमसी काभ्रेका अध्यक्ष विवेक राज ठकुरीले सहकारीको मूल मर्म अनुरुप कार्य गर्ने र सुशासन, पारदर्शिता र जनसहभागितामा आधारित भई कार्य गर्नुपर्ने औंल्याउनु भयो । शहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गराउन नसक्नु र सहकारीको विशेष परिभाषा दिलाउन  र दिन नजानुले पनि ग्रामिण भेगमा जनमानसमा अन्योलता कायमै रहेको हुँदा सहकारीको माध्यम बाट पहुँच नहुनेहरुका निमित्त समेत एकीकृत कार्यक्रमहरु लक्षित गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष बाबुकाजी पराजुलीले स्वागत मन्तब्य राख्नु भएको थियो भने शुभकामना मन्तब्य संस्थाका सल्लाहकार दामोदर अधिकारी, पाँचखाल नगरपालिका सहकारी विभाग प्रमुख पुष्कर ढकाल नगर सहकारी सञ्जालका सचिव रामप्रसाद कोइराला, काभ्रेपलाञ्चोक जिल्ला बचत संघका सञ्चालक सदस्य सत्यवति भट्टराईले राख्नु भएको थियो । 
    कार्यक्रममा संस्थाका सचिव नारायण प्रसाद ढुंगानाले संस्थाको २०७७÷०७८ को बार्षिक प्रगति प्रतिवेदन, कोषध्यक्ष राजन कार्कीले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षक संयोजक प्रभुराम कोइरालाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
         संस्थामा हाल सम्म ८ हजार ३ सय ७३ जना शेयर सदस्य, शेयर पुँजी ६, करोड ३८ लाख ४५ हजार ९ सय ,  बचत ४८ करोड  ९८ लाख ९०हजार ७९५, ऋण लगानी ५२ करोड ३० लाख ९०हजार ३५४ रहेको छ । संस्थाको आगामी भावी कार्यक्रमहरु सेवा क्षेत्र विस्तार, संस्थागत सुशासनमा जोड, सदस्यता विस्तार ‘पूँजी बृद्धि”, बचत बृद्धि, ऋण लगानी वृद्धि मानव संसाधन व्यवस्थापन नीति, सम्मान तथा पुरस्कार, सामुदायिक क्रियाकलाप, सांगठनिक संरचना, सुचना सम्पेशन तथा प्रकाशन, रेमिट्यान्स कारोबार, अध्ययन अवलोकन भ्रमण, कोष स्थापना र व्यवस्थापन नीति, तालिम गोष्ठि र सेमिनार वृद्धि तथा व्यवसाय प्रबद्र्धन लगायतका महत्वपूर्ण विषयहरुमा तिव्रता दिँदै अगाडि बढाउन लागिएको पाँचखालमा नमूना शहकारीको रुपमा प्रस्तुत हुँदै अगाडि बढिरहेको र जिल्लास्तरमा समेत फट्को मार्न सफल भएको संस्थाका प्रबन्धक ठाकुरनाथ अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष सरोज सापकोटाको  सभापतित्वमा सम्पन्न भएको थियो ।