बनेपा/लायन्स क्लब अफ बनेपा सिटीको पहिलो स्थापना दिवस सम्पन्न भएको छ ।
ध्भ क्भचखभ भन्ने प्रमुख अन्तराष्ट्रिय नारालाई अंगिकार गर्दै लायन्स डिस्ट्रिक्ट ३२५ ए २ का गभर्नरको थिम ‘धेरै हात धेरै सेवा’ लाई सफल बनाउन उक्त क्लबले आफ्नो कृयाकलापलाई अगाडि बढाईरहेको क्लबका संस्थापक अध्यक्ष गणेश रंजिले बताउनु भयो ।
कोभिड–१९ को विषम परिस्थितिमा क्लबले सडकका बेवारिसे अनाथहरूलाई राहत वितरण, नेपाल मास्क अभियान अन्तर्गत मानिसहरूको भिडभाड हुने ठाउँहरूमा मास्क वितरण तथा जनचेतना जगाउने कार्यक्रम, रक्तदान कार्यक्रम लगायत विभिन्न समाज सेवाका कार्यहरू संचालन गर्दै आईरहेको छ । क्लब स्थापना भएको १ बर्ष भित्रमा धेरै जन सेवाका कार्यहरू सम्पन्न गरेको अध्यक्ष गणेश रंजितले बताउनु भयो ।
गणेश रंजितको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी डिस्ट्रिक्ट गभर्नर लायन केशव पाण्डे रहनु भएको थियो । कार्यक्रममा क्लबका संस्थापक सदस्यहरू लगायतलाई गभर्नर र निवर्तमान गभर्नरले चार्टर प्रमाणपत्र तथा चार्टर पिनबाट सम्मान गरिएको थियो ।
प्रथम उपाध्यक्ष बुद्धरत्न मानन्धरले संचालन गर्नु भएको उक्त कार्यक्रममा गभर्नर केशव पाण्डे, निवर्तमान गभर्नर डा. सुशिला मल्ल, प्रथम डिस्ट्रिक्ट उपाध्यक्ष दिनेस श्रेष्ठ, द्वितीय डिस्ट्रिक्ट उपाध्यक्ष उत्तम झा, क्यबिनेट सचिव शिव कुमार कटुवाल, स्पोन्सर क्लबका अध्यक्ष सुरेश भोछिभोया लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष डा.के बि मानन्धरले धन्यवाद ज्ञापन राख्नु भएको थियो ।









