2026 April 24/ 09:12: 51am

    धुलिखेल/फैसला कार्यन्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय अन्र्तगत मातहतका निकायहरुले फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियानलाई तिब्र बनाएको छ । 
    जिल्ला चौरीदेउराली गाउँपालिका वडा ६ घर भएका ६८ बर्षिय बिदुरराज गिरी पक्राउ परेका छन् । असोज १ गते ठगी मुद्दामा ३ वर्ष ४ महिना १२ दिन कैद र ८ लाख ५ हजार जरिवाना तोकिएका गिरीलाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी बनेपामा लागु औषध सम्बन्धी मुद्दामा फरार रहेका एक नागरिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।