2026 April 24/ 09:13: 22am

    नाला/सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा र ५ औ अधिबेशन सम्पन्न भएको छ । 
    अधिबेशनबाट अध्यक्षमा रेशमलाल नेपाली, उपाध्यक्ष रामदेवी श्रेष्ठ, सचिव राजन श्रेष्ठ, कोषाध्यक्ष नवराज श्रेष्ठ, सह सचिब कुमार श्रेष्ठ र सदस्यहरुमा भिमदेवी श्रेष्ठ, श्री कृष्ण प्रजापति, विर चन्द्र श्रेष्ठ, राजु बजागाई, विणु प्रसाद बजगाई रहनु भएको छ भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा राजाराम दाहाल र सदस्यहरुमा गंगालाल श्रेष्ठ, नवराज भण्डारी निर्विरोध निर्वाचित हुनु भएको छ ।  
कार्यक्रममा  बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा न ३ का अध्यक्ष कृष्णप्रसाद दाहाल लगायतका शेयर सदस्य संचालक समतिकिा पदाधिकारी, लेखा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रेशमलाल नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।