2026 April 24/ 09:13: 44am

    बनेपा/बनेपा ११ मा सिनागालमा पानीघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम साधारणसभाबाट गौतमप्रसाद गौतमको नेतृत्वमा कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामकृष्ण गौतम, सचिव बिमल बहादुर रन्जित, कोषाध्यक्ष रुपा खतिवडा दाहाल, सदस्यहरुमा सुरेश गौतम, सुदर्शन मान्नधर, साधुराम न्यौपाने, देवकी दुलाल गौतम र सीता बस्नेत चयन हुनुभएको छ । साधारण सभाको उद्घाटन वडा अध्यक्ष शिब कुमार थापाले गर्नु भएको थियो । थापाले वडामा २० वर्षमा हुन नसकेका कामहरु ४ वर्षमा सम्पन्न भएको बताउनु भयो । खानेपानी, सडक, स्वास्थ्य चौकी, वडा कार्यालय शिक्षा, कृषि लगाएतका क्षेत्रमा कामहरु भएको बताउनु भयो । वडावासीहरुले नै देखि रहनु भएको छ थापाले भन्नु भयो वडामा आउने बाटो कस्तो थियो ? यो त एउटा नमुना मात्रै भएको थापाले बताउनु भयो । वडालाई पर्यटकीय स्थल वनाउन शान्ति वाटिका बन्न लागेको, नाँगीडाडालाई ब्यबस्थित गर्न लागिएको बताउनु भयो । सबै उपभोक्तालाई आफ्नो दायित्व सम्झी विकासका कामहरुमा सहकार्य गर्न उहाँले आग्रह गर्नु भएको थियो । उक्त समितीलाई धन्यबाद दिदै वडा अध्यक्ष थापाले छिटोभन्दा छिटो सिनागाल बासिन्दाको एक घर एक धाराको चाहना पुरा गर्ने वताउनु भयो । कार्यक्रम समितिका अध्यक्ष गौतम प्रसाद गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।