2026 April 24/ 09:13: 21am

    धुलिखेल/धुलिखेल नगरपालिका, वडा कार्यालयहरु ६ र ७ को सहयोगमा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको प्राविधिक सहयोगमा संविधान दिवसको अवसरमा परिवर्तनशिल महिला समुहले धुलिखेलको सरस्वती बजार धुलिखेलमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
    एकता युवा समुह, लसकुश युवा क्लवको सहआयोजनामा सम्पन्न कार्यक्रममा ३४ जना  ब्यक्तिहरुले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुलाई धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले प्रमाणपत्र वितरण गर्नु भएको थियो । रक्तदान गरी जीवनदान गर्नेहरुलाई धन्यवाद दिदै आयोजकहरुले सामाजिक कार्यमा सहभागी हुन आब्हान गरेका थिए । रक्तदान कार्यक्रममा आयोजक संस्था परिवर्तनशिल महिला समुहका पदाधिकारीहरुको सक्रियता रहेको थियो । उक्त संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।