धुलिखेल/राष्ट्रिय प्रजातन्त्र पार्टी धुलिखेल नगरको अधिबेशन आईतबार धुलिखेलमा सम्पन्न भएको छ । अधिबेशनमा धुलिखेल नगरका जेष्ठ सदस्य निलकण्ठ धालाँक्षेको प्रमुख आतिथ्यता रहेको थियो । संयोजक बुद्धरत्न वेयजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरका विभिन्न वडाबाट प्रतिनिधिहरु सहभागी थिए ।
रविन्द्रनाथ श्रेष्ठको संचालनमा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय सदस्य रामेश्वर श्रेष्ठ, उदय सिं मुस्याजु, प्रदेश सदस्य रोमीप्रसाद ब्याञ्जु श्रेष्ठ, जिल्ला अध्यक्ष टुल्कु लामा, मानार्थ जिल्ला अध्यक्ष विरबहादुर योञ्जन, उपाध्यक्ष गणेशलाल श्रेष्ठ, जिल्ला सदस्य राजाराम तुसुजु लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी बक्ताहरुले पार्टी टुटफुटका कारण राष्ट्रिय शक्ति बन्न नसकेको बताउँदै हिन्दु राष्ट्र नेपाल र संवैधानिक राजतन्त्र प्रमुख एजेण्डा भएको बताएका थिए । गणतन्त्र, संघीयता नभएको हिन्दुराष्ट्रको पक्षमा राप्रपाले देशभर अभियान संचालन गर्ने नेताहरुले बताएका थिए । सम्मेलनबाट नयाँ समिति चयन भएको छ ।









